Political scientist. IT expert. Citizen advocate

मेरो इकीगाइ
मेरो अनुभव र शिक्षा
नेपालको लागि समर्पित
म कम्प्युटर वैज्ञानिक, राजनीतिशास्त्री, याडिकल सेन्ट्रिस्ट, व्यवहारवादी र दृढ विवेकशील नेपाली नागरिक हुँ।
मेरो बुवा करिब ४२ वर्ष अघि काठमाडौँ छिरेका हुन्। त्यति बेला गाउँबाट सहर छिरेकाहरू हिउँदमा बदाम बेच्ने, अरू बेला आफूले जे सकिन्छ, भारी बोक्ने, ठेला गाडा ठेल्ने, रिक्सा, टेम्पो इत्यादि चलाउने कामहरू गर्थे। पछि पर्यटकहरू आउन थाले र ट्रेकिङ कम्पनीहरू चलाउने वा त्यहाँ काम गर्न थाले पछि, धेरैले काठमाडौँमा घर जग्गा जोड्न सकेका हुन्।
अवसरको खोजीमा बसाई रसाई हुनु स्वाभाविक हो। अहिले विभिन्न कारणले विदेशमा बसेका नेपालीहरूलाई त्यहाँ पहिला आएर बसेकाहरूले “यो देश/सहर तिम्रो होइन, फर्केर जाऊ” भन्यो भने के हुन्छ?
जहाँ भए पनि नेपालको माया लाग्छ। नेपालीहरु भाँड्ने होइन, जोड्ने काम गर्नु पर्छ।
न्यायोचित र व्यावहारिक (राज)नीति मार्फत अवसरहरूमा, विशेष गरी शिक्षा र स्वास्थ्यमा, समान पहुँच होस् भन्ने मेरो हेतु हो। बोल्न नसक्नेको लागि बोल्न सकूँ। अधिकारको लागि लड्न नसक्नेको लागि लड्न सकूँ। जिम्मेवारी के हो बुझाउन सकूँ।
खुसी सबैको लक्ष्य हो, दुःख बाध्यता हो र मृत्यु अवश्यम्भावी !
अहिले नगरे कहिले ? हामी नेपालीले नगरे कसले ?
